कञ्चनपुरमा एक जना मृत फेला





कञ्चनपुर, २६ फागुन– कञ्चनपुरमा एकजना मृत फेला परेका छन् । बेदकोट नगरपालिका वडा नं. ४ बगुनस्थित बगुना खोलामा एक जनाको शव फेला परको हो ।


सोही ठाउँका ७५ वर्षीय प्यारो गिरी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

