कञ्चनपुरको प्यारातालमा नेपाली झण्डा सहितको डुङ्गा सञ्चालन

कञ्चनपुर, २६ फागुन– कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित प्यारातालमा नेपाली झण्डा सहितको डुङ्गा सञ्चालनमा आएको छ । झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको सुन्दर प्यारातालमा नेपाली युवाहरुले डुङ्गा सञ्चालन गरेका हुन् ।

Dadeldhura hospital

तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी नेपालको झण्डा फहराउदै सञ्चालनमा ल्याएका हुन । पुनर्वास नगरपालिका ५ का राम रोकाया, पुनर्वास ८ का ज्ञानसिंह हमाल, लक्ष्मण भुसाल र पुनर्वास ९ का बब्लु बस्नेतले सो डुङ्गा सञ्चालनमा ल्याएका छन् ।

Navadurga sun
Godawari sandesh

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको उनीहरुले बताएका छन् । पर्यटकहरुलाई हाल डुङ्गा चढ्न निशुल्क गरिएको छ ।

Loading...