किसान परिचयपत्रको अभ्यासको लागि गोदावरी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ नेपाल विच संझौता सम्पन्न





अत्तरिया, २५ फागुन- कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन स्थानीय सरकारसंगको सहकार्यमा गोदावरी नगरपालिका कैलाली भित्रका सबै घरधुरीको तथ्यांक संकलन ब्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि गोदावरी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ नेपाल विच संझौता सम्पन्न भएको छ । केएर नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रकृया सहजिकरण गर्ने भएको हो ।



किसान परिचय पत्र वितरणका लागि गोदावरी नगरपालिकाको कार्यपालिकाबाट किसान परिचय पत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ तर्जुमा गरेको छ । नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रमुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषि नीतिमा उल्लेखित किसानको हक हित संरक्षण सम्बर्धन गर्दै किसानको पहिचान वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउनु साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचय पत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उद्देश्यले नगरपालिकाले किसान परिचय पत्र वितरण अभ्यास शुरु गरेको हो ।


नेपालको संविधान प्रद्धत्त किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न, कृषि प्रणालीलाई दिगो साथै यस क्षेत्रमा समतामुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलि महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको कुरा महासंघका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापाले बताए । थापाका अनुशार यस अभ्यासले जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने छ साथै किसान परिचय पत्रको आधारमा किसानलाई सेवा सुविधा साथै सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि परिचयपत्रले तहगत सरकारलाई सहयोग गर्ने छ ।



