गौरीफन्टा नाका दुई दिन बन्द हुने



धनगढी- कैलाली जिल्लासंग सिमा जोडिएको गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ ।


भारतमा स्थानीय तहको चुनाव हुने भएकाले ५ गते आईतबार बेलुका ५ बजेदेखि ६ गते सोमबार सम्म पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।



