सक्षम पाठशालाका बिद्यार्थीद्धारा अपांगता बालबालिकालाई सहयोग

अत्तरिया, २३ फागुन– कैलालीको अत्तरियामा रहेको सक्षम पाठशालामा अध्ययनरत बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर अपांगता बालबालिकाहरुलाई स्टेशनरी सामान सहयोग गरेका छन् ।

Dadeldhura hospital

विद्यार्थीले आफूले खाने खाजा खर्च कटाएर सोमबार अत्तरिया स्थित सुप समाबेशी आधारभूत बिद्यालमा अध्ययनरत अपांगता भएका बालबालिकाहरुलाई सहयोग गरेका हुन् । पाठशालाका बिद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट छुट्याइएको पैसाले अपांगता बालबालिकाहरुलाई सहयोग गरेको पाठशालाकी सहायक प्रिन्सीपल आशा चन्दले बताईन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनले करिब ८ हजार बरारको स्टेशनरी सामान र खाजा चाउचाउ सहयोग गरेको बताईन् । सक्षम पाठशाला कक्षा ७ मा अध्ययनरत छात्रा सितल भट्टराईले सबै साथीहरु मिलेर खाजा खर्चबाट रकम बचाएर सानो भएपनि सहयोग गर्न पाएकोमा खुसि लागेको बताईन् । उनले हामी सबै मिलेर अपांगता भएका बालबालिकाहरुलाई सहयोग गर्नुपर्ने बताईन् ।

Loading...