कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह विजयी





धनगढी, २३ फागुन– नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार भरत स्वारलाई पराजित गरेका हुन् ।


शाहले ७७९ मत पाए भने स्वारले ७११ मत ल्याएका छन् । शाह सभापति शेरबहादुर देउवा पक्षधर हुन् । यसअघि भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सोमबार दोस्रो चरणको मतदान भएको थियो ।

