ट्रकको ठक्करबाट किशोरीको मृत्यु




धनगढी, २३ फागुन- कैलालीको धनगढी उपमहानगरपालिकामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सोमबार अपनान्ह धनगढी-अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो ।



धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको डिएसपी जोशीले जानकारी दिएका हुन् । उनका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसमा ट्रकले ठक्कर दिएको हो ।


ठक्करबाट घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामा प्रहरीको नियन्त्रणमा छन् ।