जिल्ला स्तरीय मेकअप प्रतियोगिता हुँदै (बिस्तृतमा हेर्नुहाेस सूचना)





धनगढी– बिगत १० बर्ष देखि व्युटिसियन,टेलरीङ,मन्टेश्वरीयन लगायतका तालिम संचालन गरी महिला रोजगारी तथा स्वरोजगारी सृजनाको क्षेत्रमा काम गरीरहेको व्यवसाय बिकाश तथा परामर्श केन्द्र प्रा.लि. ले कैलाली जिल्ला भरी रहेका व्युटिसियन पेशामा आवद्ध ४० बर्ष मुनिका महिला दिदी बहिनीहरुको व्यवसायिक दक्षता बृद्धिका लागि मेकअप प्रतियोगिता आयोजना गर्ने भएको छ ।


जिल्ला भरीका व्युटिसियन महिलाहरुको सहभागिता होस भन्ने उद्देश्यले कैलाली जिल्लाका १० वटा मुख्य बजार केन्द्रहरुमा पहिलो चरणमा मेकअप सम्बन्धी १ दिने प्रशिक्षण दिई सहभागिले गरेको मेकअप कार्यको मुल्याँकनको आधारमा ५ जनाको दरले छनौट गरी छनौटमा परेका ५० जना सहभागिहरु लाई धनगढीमा पुनः २ दिने मेकअप प्रशिक्षण दिएर पेशागत संगठनका प्रतिनिधीहरुको रोहबरमा १५ जना सहभागि छनौट गरी १० दिने उच्च स्तरको मेकअप तालिम दिई, सहभागिले गरेको काम र प्रदर्शनीको आधार र अन्तीम दिनको फाईनल राउण्ड को नतीजा अनुसार प्रथम दितिय र तृतीय सहभागिहरु लाई क्रमसः रु २०,०००।,१५००० र १०,००० नगद पुरस्कार प्रदान गरीने आयोजक बिबिसी ट्रेनिङ सेन्टरका प्रवन्धक झुम अधिकारी ले जानकारी गराउनु भयो ।



अधिकाँश महिला मात्रको प्रयास ले संचालनमा आएका व्युटिपार्लर पेशामा धेरै महिला हरुको लगानी र संलग्नता रहेको छ । स्वम पनि स्वरोजगार हुने र सिक्न चाहाने बेरोजगार महिलाहरु लाई सीप सिकाई रोजगारी सृजनामा महत्वपुणर् योगदान पुरयाएको व्युटिपार्लर पेशा लाई राज्यले उचित संरक्षण र संम्बर्धन गर्न सकेको छैन । पेशा संचालन गर्ने महिला दिदी बहिनीहरु प्रत्येक बर्ष थपीने नयाँ सीप र तरीका सिक्न धेरै रकम खर्च गरेर बाहिर जानु पर्ने बाध्यता रहेको छ । पार्लर पेशामा आम्दानीको आधा हिस्सा ओगटेको मेकअप कार्य मा दक्षता बृद्धि होस भन्ने उद्देश्यले लामो समय भारतमा उच्च स्तरको मेकअप तालिम तथा काम गरेर आउनुभएकी अन्तराष्टिय स्तरको मेकअप आर्टिस्ट मिस उपासना ले तालिममा सहजीकरण तथा प्रशिक्षण दिई संचालन गरीने यस प्रतियोगिता ले उद्यमी महिलाहरुको व्यवसायिक दक्षता र स्वच्छ प्रतिस्पर्धाको बिकाश भई दिगो व्यवसाय संचालन मा सहयोग पुग्ने उद्देश्य रहेको आयोजक बिबिसी ट्रेनिङ सेन्टर ले जनाएको छ ।
कार्यक्रममा सुदुर पश्चिम प्रदेश युवा परिषद, धनगढी उप महानगरपालिका लगायतका जिल्लाका नगरपालिका तथा गाउँ पलिकाहरु, कैलाली उद्योग बाणिज्य संघ,निर्माण व्यवसायी संघ, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहयोग रहने र मिडीया पार्टनरको रुपमा पश्चिम टुडे मिडिया र अन लाईन मिडीयाहरुमा दिनेश खबर डट कम, धनगढी खबर डट कम, धनगढी पोष्ट न्युज डट कम, अत्तरिया न्युज डट कम, सुदुर खबर डट कम र मर्निङबेल डेली डट कम रहेका छन ।
कार्यक्रममा राष्टिय सौन्दर्यकर्मी युनियन नेपाल सुदुर पश्चिम प्रदेश र अखिल नेपाल सौनदर्यकर्मि श्रमीक संघ को ऐक्यबद्धता रहेको छ ।




