कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते

कञ्चनपुर, २३ फागुन– कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको कलुवापुर-बेलौरी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका हुन्।

आइतबार राति से४प ८९४५ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ। वेदकोट नगरपालिका वडा नं. १ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका वडा नं. २ वाणीका २२ वर्षीय नरेन्द्र साउदको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...