अत्तरिया खानेपानी संस्थाको फागुन २५ गते हुने साधारण सभा स्थागित





अत्तरिया, २२ फागुन- अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको फागुन २५ गतेको लागी तय भएको १३ औँ वार्षिक साधारण सभा स्थागित भएको छ । संस्थाको आइतबार बसेको बैठकले बिषेश कारणबस साधारण सभा स्थगित भएको जनाएको छ ।



संस्थाका अध्यक्ष टिका दत्त जोशीका सहोदर दाईको निधन भएका कारण उनको उपस्थिती १५ दिन सम्म हुन नसक्ने भएकाले सभा स्थगित भएको हो । गत माघ ५ गते बसेको कार्य समितीको बैठकले फागुन २५ गते साधारण सभा गर्ने निणर्य गरेको थियो।


अब नयाँ कार्य समिती चयनको लागी हुने निर्बाचन तालिका पनि प्रभाबित भएको छ । यस्तै संस्थाको कार्यसमितीको चयनको लागी हुने निर्बाचन चैत्र २६ गते गर्ने गरी निर्बाचन समितीलाई समय तालिका बनाउन पनि संस्थाको बैठकले अनुरोध गर्ने निणर्य गरिएको छ ।



