बन्दुक पड्किएर कैलालीमा एक प्रहरी जवान घाईते

अत्तरिया, २२ फागुन- कैलालीमा आफैलाई ताकेको बन्दुक पड्केपछि एक प्रहरी जवान घाईते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नं. २ घर भएका एक प्रहरी जवान बन्दुक पड्केपछि घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैलाई बन्दुक ताकेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताएका छन् ।

झंकर मुल गेटमा हिजो (शनिबार) राति डिउटीमा रहेका थिए । रातको करिव १ बजेको समयमा डिउटीमै रहेका बेला उनले आफैले आफैमाथि बन्दुक ताकेको जनाइएको छ । उनले आफ्नो साथमा रहेको (एसएलआर) राइफल चलाउँदा बन्दुक पड्केर घाइते भएका हुन् । उनी केही दिनदेखि बिदामा समेत बसेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आत्महत्याको प्रयास गर्दा बन्दुक पड्केको हुनसक्ने आशंका प्रहरी स्रोतको आशंका रहेको छ । घाइते भएका झंकरको चिउँडोमा चोट लागेको प्रहरी स्रोतले बताएको छ ।

पारिवारिक तथा व्यक्तिगत समस्याका तथा पारिवारिक कारणले उनले यस्तो गरेको हुनसक्ने बताइएको छ । अहिले उनको नेपाल प्रहरीको अस्पताल काठमाडौंमा उपचार भैरहेको र खतरामुक्त रहेको प्रहरीले बताएको छ । घटना भएको राति नै उनलाई टीकापुर अस्पताल लगिएकोमा टीकापुर अस्पतालले कोहलपुर रेफर गरेको थियो ।

यस्तै त्यहाँबाट पनि रेफर गरेपछि उनलाइ प्रहरी अस्पतालमा लगिएको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ ।

Loading...