धनगढीमा लागुऔषध खैरो हिरोइन सहित १ जना पक्राउ





धनगढी, २२ फागुन- धनगढीमा लागुऔषध खैरो हिरोइन सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. १९ फूलबारीका २२ वर्षीय टाइसन कुश्मी चौधरी रहेको प्रहरीले जनाएको छ ।


उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

