महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी

कञ्चनपुर, २१ फागुन– महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी गरेको छ । अस्पताल प्रशासनले डायलसिसका लागि मेसिन खरिद, भौतिक संरचना निर्माण र स्वास्थ्यकर्मीलाई तालिम दिन तयारी थालेको छ ।

Dadeldhura hospital

अहिले करिब १ करोडको लागतमा मेसिन खरिद गरिएको छ । भवन निर्माणाधीन अवस्थामा छ । स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय भइरहेको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बताए । उनका अनुसार फिजिसियनदेखि स्टाफ नर्स लगायत १० जनालाई तालिम दिनुपर्ने हुन्छ ।

godawari10 Mahila hinsa
Navadurga sun

‘असारभित्रै डायलसिस सेवा सुचारु गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ डा. भट्टले भने, ‘तर भौतिक संरचना निर्माणका लागि बजेट निकासा नहुँदा निर्माण कम्पनीले काम रोकेको छ ।’ उनले यस विषयमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई रकम निकासाका लागि आग्रह गरिएको बताए । डायलसिस भवन निर्माणका लागि ५८ लाखमा ठेक्का सम्झौता भएको हो ।

सेवा सुरु भएपछि दिनमा १० देखि १५ जनासम्मको डायलसिस गर्न सकिन्छ । अहिले कञ्चनपुरमा मात्रै १ सय बढी मृगौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलसिस गराइरहेका छन् । कोरोना संक्रमणका कारण लामो समय नाका बन्द हुँदा मिर्गौलाका बिरामीले डायलसिसका लागि निकै समस्या रहे । कतिपयले सीमावर्ती बजारमा डेरामा बसेर समेत डायलसिस गराए ।

Loading...