धनगढीमा एक थुनुवाको मृत्यु

धनगढी, २१ फागुन- कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो ।

Dadeldhura hospital

फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम थापामगरलाई जिल्ला अदालत कैलालीले ६ महिना अघि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

Loading...