प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

अत्तरिया, २० फागुन– सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३८ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।

Dadeldhura hospital

नेपाल प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुबाट चर्म रोग, आँखा, नाक, कान तथा घाँटि सम्बन्धी समस्याहरुका साथै नर्सिङ विभाग, मेडिसिन, अर्थो, गाइनो र फार्मेसी विभागबाट विभिन्न सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य शिविर यही फागुन २१ र २२ गते सञ्चालन गर्न लागिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Loading...