फोनिज सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लखन चौधरी

धनगढी, २० फागुन– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लखन चौधरी सर्वसम्मतले चयन भएका छन् । शुक्रबार धनगढीमा भएको प्रदेश भेलाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा जुद्ध चौधरी, महासचिवमा कालीमैया चौधरी ‘उन्नति’, सचिवमा भानुप्रताप राना (संगठन), बलराम चौधरी (संस्थागत) र कोषाध्यक्षमा दुर्जन चौधरी चयन भएका छन् ।

Navadurga sun

यसैगरी, सदस्यहरुमा रजनी राना, नन्दलाल राना, टीआर कठरिया र नरेन्द्र चौधरी चयन भएका छन् ।यसअघि, निवर्तमान अध्यक्ष भीम चौधरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका उपाध्यक्ष योगेन्द्र बलायर, फोनिजका प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...