सुदूरपश्चिम खप्तड गोल्डकप : बागमतीसँग पराजित एनआरटी बाहिरियो

धनगढी, २० फागुन– ए डिभिजन क्लब न्युरोड टिम एनआरटी धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे । उसका सुमन राई पेनाल्टीमा चुके । एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो। यस जितसँगै बागमती क्वाटरफाइनलमा पुगेको छ ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

Loading...