कैलाली काँग्रेसको सभापतिमा भट्ट विजयी

धनगढी, १९ फागुन– नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।

भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...