धनगढीमा प्रहरी विद्यालयको बहुद्देश्यीय भवनको उद्घाटन

धनगढी, १८ फागुन– धनगढीमा प्रहरी विद्यालयको बहुद्देश्यीय भवन उद्घाटन गरिएको छ । भारतको सहयोगमा निर्मित कैलालीको धनगढीस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको हो ।

Dadeldhura hospital

बुधबार भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले भवनको उद्घाटन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक रहेको भारतीय दूतावासले जनाएको छ ।

सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरू अध्ययनरत छन् । सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने, ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेको जनाएको छ । ती परियोजनाहरू मध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका पनि दूतावासले जनाएको छ ।

Loading...