कञ्चनपुरमा लागुऔषध सहित दुई जना पक्राउ

कञ्चनपुर, १७ फागुन– कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ४ आँपतालस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

Dadeldhura hospital

पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय धिरज राना र सोही जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ३ बस्ने १९ वर्षीय दिपक राना छन् ।

Navadurga sun
Godawari sandesh

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्रोभेट ट्याब्लेट ३० वटा र स्पास ट्याब्लेट २४ वटा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध सहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको बताइएको छ ।

Loading...