सुपमा शुक्रबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी- सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा शुक्रबार थप ३१ जनामा संक्रमण पुस्टि भएको छ।

उक्त अस्पतालको प्रयोगशालामा ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १/१ जना रहेका छन्।

Navadurga sun

त्यसैगरी डोटी र कञ्चनपुरका समेत १/१ जनामा संक्रमण पुस्टि भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...