गोपाल हमालद्वारा विवेकशील साझा पार्टीबाट राजीनामा, स्वतन्त्रबाट धनगढीको मेयरमा उम्मेद्वारी दिने तयारी

Dadeldhura hospital

धनगढी, १७ फागुन- विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्। हमालले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र रुपले मेयरको दावी गर्न सुझाव दिएकोले आफू अन्तिमपटक धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र रुपले स्थानीय निर्वाचन लड्ने तयारीसहित रहेको हमाल जानकारी दिए । हमाल विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी पाएका थिए। हमाल सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता हुन्।

Navadurga sun
Godawari sandesh
Loading...