कैलालीको चुरे ६ मा यही फागुन २१ गतेदेखी वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

अत्तरिया, १७ फागुन- कैलालीको चुरे गाउँपालिका वडा नं ६ मा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । चुरे गाउँपालिका ६ धनेडीको आर्थिक सहयोगमा चुरे युवा क्लबले उक्त भलिबल प्रतियोगिताको आयोजना गर्ने भएकाे हो ।

Dadeldhura hospital

ग्वासी आधारभुत बिद्यालय सिराडिको प्राङ्गणमा यही फागुन २१ र २२ गते दुई दिन चौथो वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिने खेल सयोजक पुरन कार्कीले जानकारी दिए । खेलमा सहभागिता जनाउनका लागि टिम शुल्क ६ सय ताेकिएको जनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रतियोगितामा बिजयी हुने टोलीले नगद १५ हजार रुपैया प्राप्त गर्नेछन् भने उप बिजेता हुने टिमले १० हजार र तेस्रो हुने टिमले नगद ७ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट हुने खेलाडी र अनुशासित खेलाडीलाई नगद ५ सय रुपैया सहित ट्रफी दिइने खेल संयोजक कार्कीले बताए ।

Loading...