

कञ्चनपुर, १६ फागुन- महेन्द्रनगरमा एमसीसी अनुमोदनको बिरोधमा उत्रिएका नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट पार्टीका कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट २ जना घाइते भएका छन् ।



विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव बिरेन्द्र शाहले बताए । उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।


विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कणर्जीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

