एमसीसी पासको विरोधमा बन्द, बन्दकर्ताद्वारा अत्तरियामा नाराबाजी

अत्तरिया, १६ फागुन- एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहित ६ दलले गरेको बन्दको प्रभाव अत्तरियामा पनि परेको छ । अत्तरियाबाट चल्ने लामो दुरीका यातायातका साधन चलेका छैनन् भने कलेज तथा विधालयहरुसंगै अत्तरिया बजार पनी बन्द रहेको छ ।

Dadeldhura hospital

त्यस्तै कैलालीको अत्तरियामा एससीसीको विरोधमा बिहानै देखि सडक तनावग्रस्त बनेको छ । ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले गरेको नेपाल बन्दको क्रममा अत्तरियामा आन्दोलकारीले बिहानै देखि सडक अवरुद्ध गरिरहेका छन भने सडकमा टायर बालेका छन । उनीहरुले एससीसीको बिरुद्धमा नाराबाजी समेत गरिरहेका छन ।

Navadurga sun
Godawari sandesh

नाराबाजीकै क्रममा उनीहरुले ‘शेरे चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘केपी चोर देश छोड’, ‘एमसीसी खारेज गर’ लगायतका नारा लगाएका छन ।

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल प्रदेश सदस्य टंक प्रशाद कोइरालाले बन्दकर्तालाई सम्बोधन गर्दै आन्दोलनलाई कमजोर सम्झिएमा यसबाट हुने क्षतिको सामान गर्नुपर्ने बताए । उनले एमसीसी सम्झौतामा जुवा खेलिएकाले यसको बिरोद्धमा बन्दको आह्वान गरिएको बताएका छन् ।

Loading...