माओबादीका प्रदेश कमिटी सदस्य भरत बोहरा एमाले मा प्रबेश





अत्तरिया, १६ फागुन- नेकपा माओबादीका प्रदेश कमिटी सदस्य भरत बोहरा नेकपा एमालेमा प्रबेश गरेका छन् । आज धनगढीमा आयोजित एक कार्यक्रममा बोहरालाई पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिब प्रदिप ज्ञवाली र पार्टीका सचिब लेखराज भट्टले खादा अबिर लगाएर पार्टी प्रबेश गराएका हुन् ।


एमाले पार्टीले देशको राष्ट्रियताको पक्षमा खेलेको भुमिकाबाट आफू प्रभावित भएर एमालेमा प्रबेश गरेको बताए । उनले भने- “सुदुरपश्चिममा माओवादी आन्दोलनको मुल नेतृत्व लेखराज भट्ट पनि अहिले एमाले मै हुनुहुन्छ, उहाँ जाने बुझेरै एमालेमा लाग्नु भएको होला त्यसैले अब माओवादीमा बसिरहनु को औचित्य छैन ।” डोटीको पुर्बी चौकी गाउँपालिकामा बोहराको राम्रो पकड रहेको बुझिएको छ ।

