सत्यवती एकेडेमीलाई धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि

धनगढी, १४ फागुन- बिद्याभुषण पब्लिक स्कुल गेटा कैलालीलाई १ सय ६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर-१९ स्कुल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक जितेको छ ।

उपाधि सहित सत्यवती एकेडेमीले १ लाख पचास हजार रुपैयाँ तथा उपविजेता बिद्याभुषणले पचहत्तर हजार रुपैयाँ प्राप्त गर्‍यो।धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।

Navadurga sun
Godawari sandesh

लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणका नुरेन बिस्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सत्यवती एकेडेमीको बलिंगमा युवराज खत्री र निरज भट्टले समान तिन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो ।

Dadeldhura hospital

सत्यवतीको ब्याटिंगमा अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए जुन क्रममा उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरे । यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे । आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए ।

सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिंग साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो । चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे । बिद्या भुषणका बलर प्रदिप चन्दले तिन विकेट तथा बिरेन्द्र नाथले एक विकेट लिए । महँगो सावित भएका टिम कप्तान शेरले ४ ओभर बलिंग गर्दा ७९ रन खर्चेर विकेट विहिन रहे ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृस्ट ब्याट्सम्यान विद्या भुषणका बिरेन्द्र नाथ तथा उत्कृस्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए जसले जनही दश हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे ।

फाल्गुन २ गते देखि सुरु भएको उक्त प्रतियोगितामा दश टोलिको सहभागिता रहेको थियो ।

Loading...