दर्जनौँ नेता कार्यकर्ता एव सर्वसाधारणले समाजवादीमा प्रवेस





कञ्चनपुर, १३ फागुन– कञ्चनपुरका दर्जनौँ नेता कार्यकर्ता एव सर्वसाधारणले नेकपा एकीकृत समाजवादीमा प्रवेस गरेका छन। शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल बुद्धिजिवी परिष्द (समाजवादी) सुप प्रदेशको प्रथम भेलामा विभिन्न पाटी परित्याग गरेर समाजवादीमा प्रवेस गरेका छन ।


समाजवादी कञ्चनपुरका युवा विद्यार्थी नेता रमेश पन्तले एमाले, काँग्रेस, माओवादी, राप्रपा जनमोर्चा सहितका विभिन्न दल परित्याग गरेर समाजवादीमा प्रवेस गरेको बताए । एमालेबाट बाकी कार्की, ईश्वर कार्की, खेमराज कार्की, भीम सार्की,रमेश सार्की, दिवान सिह भण्डारी, काँग्रेसबाट तारा नाथ, हिरो साउद, माओवादीबाट शंकरराम भुल, मनिराम भुल, भगतराम रसाईली, राप्रपाबाट खैरे दमाई, छेरे दमाई सहितले प्रवेस गरेका छन । उनीहरुलाई एकीकृत समाजवादी सुप प्रदेश इन्चार्ज गरिमा शाह लगायतले पार्टीमा स्वागत गरेका छन् ।

