एमसीसी नेपालको हितमा नभएकाले केही बुँदा सच्याउनु पर्ने : अध्यक्ष नेपाल




धनगढी, १२ फागुन– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधव कुमार नेपाल धनगढी पुगेका छन। उनले धनगढीमा आयोजित कार्यक्रममा बोल्दै आफ्नो पार्टी सरकारबाट बाहिरिने खुलासा गरेका छन । नेपालले एमसीसी पास गर्नेगरी सत्तामा बस्न नसकिने जिकिर गरेका छन् ।



अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन रहने नसक्ने बताए । एमसीसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनु पर्ने पक्षमा रहेको नेपालले बताए ।


नेपालले एमाले अध्यक्ष केपी ओलीले नै विभिन्न स्वार्थका लागी एमसीसी संसदमा पेस गरेको आरोप लगाए । एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारले नै गरेका कारण उनीहरूले देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाइ छ ।
देशभक्तिका नारा लाउँदै केपी ओली नै राष्ट्रघाती काममा सहभागी भएको र अहिले पनि एमसीसी पास गराउनमा अघि बढेको उनले बताए ।