गोदावरी २ मा नेपाली कांग्रेसले बढायो आफ्नो सक्रियता

अत्तरिया, १२ फागुन– कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसले आफ्नो सक्रियता बढाएको छ । स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै वडा कार्यासमितिले वडाभरि आफ्नो सक्रियता बढाएको हो ।

Dadeldhura hospital

पार्टीको बिधान र निर्देशन अनुसार अहिले वडा कार्यसमितिले वडा नं. २ मा रहेका बिभिन्न टोलहरु छनौट गर्दै टोल समिति गठनको कार्यलाई तिब्र रुपमा अगाडी बढाएको छ । केही दिन पहिले गौरीशंकर टोल र राधाकृष्ण टोेलमा टोल समिति गठन गरेको कांग्रेसले आज ५ वटा टोल छनौट गरी तेघरीको शान्ति टोलमा एक कार्यक्रमका विच १५ सदस्य टोल समिति गठन गरेको छ ।

Navadurga sun
Godawari sandesh

आज एक कार्यक्रमका बिच लक्ष्मी भण्डारी देउवाको सभापतित्वमा १५ सदस्यिय टोल समिति गठन गरेको वडा सचिब लक्ष्मण बिकले जानकारी दिए । जसको उप सभापतिमा दिर्घ बहादुर कुँवर, सचिबमा हर्केस बहादुर महरा, सह सचिव जानकी भट्ट र कोषाध्यक्षमा विष्ना देवी बोहरा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कल्पना पार्की, पार्वती देउवा, तिलक बहादुर मल्ल, मिन बहादुर देउवा, लाल बहादुर बोहरा, पदम बहादुर बलायर, नन्दा भट्ट, कमला महरा, मान बहादुर वली र निर्मला भट्ट चयन भएका छन् । उनीहरु सबै सर्वसम्मत चयन भएको वडा सचिब बिकले बताए । त्यस्तै अन्य टोलहरुमा पनि समिति गठन कार्यलाई निरन्तरता दिइने उनले बताएका छन् ।

Loading...