सुदूरपश्चिममा चुनाव लक्षित गरी मिडिया साक्षरता तालिम अभियान सुरु

अत्तरिया, १२ फागुन- सुदूरपश्चिम प्रदेशमा मिडिया साक्षरता तालिम अभियान सुरु भएको छ । We Inspire Nepal को आयोजनामा प्रदेशभरी संचालन हुने उक्त तालिम अभियान बिहिबार अत्तरियाबाट सुरु गरिएको हो ।

जस अनुसार पहिलो दिन दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र होलिलान्ड माबिका २ सय विद्यार्थीहरुलाई मिडिया साक्षरता सम्बन्धि तालिम दिइएको We Inspire Nepal का सुदूरपश्चिम फोकल प्रसन जय धामीले जानकारी दिएका छन । तालिमका प्रशिक्षकका रुपमा मनोज दाहाल, बसन्त भट्टराई, दिपशिखा सिह र बसन्ती धामी रहेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उक्त तालिम अभियानमा सुदूरपश्चिम प्रदेश भरिका विभिन्न स्कुल र सामुदाय स्तरमा पनि संचालन हुने जनाइएको छ । सुदूरपश्चिम फोकल प्रसन धामीले तालिममा आउदै गरेको निवार्चनमा युवाहरुलाई मिडिया साक्षरता बारे जानकारी गराई दुस्प्रचार, कु-सूचना, मित्था सूचना, आलोचनात्मक सोच, दोषपूणर् अभिव्यक्ति बारे प्रशिक्षण गराईने बताए । उनले सहभागिलाई कुनै पनि किसिमका सूचनाहरुबाट सहि गलत छुट्टयाएर जिम्मेवार नागरिक/युवाको भूमिका निर्वाह गरि सक्षम जनप्रतिनिधि छान्नमा प्रेरित गरिने बताए ।

तालिममा ‘मेरो मत मेरो भविश्य’, ‘हाम्रो लाई होइन राम्रो लाई’ भन्ने नारालाई आत्मासात गर्दै, सामाजिक प्रतिबद्धता जनाई निर्वाचन सम्बन्धि थप जानकारी निर्वाचन कार्यालयको आधारिक पेज र बेवसाइटबाट पाउन सकिने बारेमा जानकारी दिइएको थियो ।

We Inspire Nepal ले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन जनप्रतिनिधि संग अन्तरक्रियात्मक कार्यक्रम लगायतका अन्य कार्यक्रम पनि देशैभरी गर्ने जनाएको छ ।

Loading...