सुदूरपश्चिममा २६ जनामा कोरोना संक्रमण पुष्टि




अत्तरिया, ११ फागुन– सुदूरपश्चिम प्रदेशमा बुधबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १० जनाको परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो ।



संक्रमण पुष्टि भएका मध्ये ६ जना बुधबार नै भारतबाट फर्किएका व्यक्ति हुन । प्रदेशभरि ८५४ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।


त्यसैगरी हाल १९ जना संक्रमित अस्पताल भर्ना गरिएका छन् । जसमध्ये पाँच जनाको आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
तेस्रो लहरको कोरोना संक्रमणमा अस्पताल भर्ना हुने दर कम रहे पनि संक्रमित बढीजसो वृद्धवृद्धा उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् ।



