अमेरिकाले दार्चुला पठायो सशस्त्रका लागि कन्टेनर

दार्चुला, ११ फागुन– नेपालस्थित अमेरिकी राजदूतावासले दार्चुलामा रहेको सशस्त्र प्रहरीको ४४ नम्बर गणलाई प्राकृतिक प्रकोप नियन्त्रणमा सहयोगी हुने दुई कन्टेनर राहत सामाग्री प्रदान गरेको छ ।

Dadeldhura hospital

सशस्त्रको मुख्यालय हलचोक हुँदै ती सामाग्री २० दिन अघि दार्चुला सदरमुकाम खलंगा पुगेका हुन् । गणका सशस्त्र प्रहरी प्रमुख एसपी त्रिभुवन बिष्टले राहत सामाग्री वुझेको बताए । ‘हेडक्वाटरमा रहेको हाम्रो डिजाष्टर यूनिट मार्फत ती सामाग्री यहाँ पुगेका हुन्,’ उनले भने, ‘त्यसमा प्रकोपमा काम लाग्ने स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।’

Navadurga sun
Godawari sandesh

कन्टेनरमा मास्क, कम्बल, ग्यास सिलिन्डर, ग्लोब्स र औषधीका कीटहरु रहेका छन् । ती कन्टेनर डिभिजन वन कार्यालय परिसर दार्चुलामा राखिएका छन् । अचानक कुनै दैबि प्रकोप आएको खण्डमा तत्कालका लागि यी स्वास्थ्य सामाग्री सहयोगी हुन सक्ने एसपी बिष्टले बताए ।

Loading...