कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला




कञ्चनपुर, ११ फागुन– कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. २ अमरैया गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।



शनिवार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएपछि प्राकृतिक वासस्थान लालझाडी बन क्षेत्रमा फर्काउन बन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उक्त दिनभर प्रयास गरे पनि उखु खेत भित्र पसेको जङ्गली हात्ती बुधवार दिउँसो मृत अवस्थामा फेला परेको हो ।


जङ्गली हात्ती सोही क्षेत्रमा मृत अवस्थामा फेला परेपछि बन कर्मचारी र नेपाल प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।



