कञ्चनपुरको बेदकोटमा ऐलानी जग्गा नापजाँचको कार्य सुरु

कञ्चनपुर, १० फागुन- बेदकोट नगरपालिकाका ३ वटा वडामा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरु गरिएको छ। नगरपालिकाको वडा नं. १, २ र ४ मा जग्गा नापजाँच सुरु गरिएको हो ।

सर्वपक्षीय बैठकको निणर्य अनुसार आज देखि अव्यवस्थित बसोबासीको (ऐलानी/प्रती) जग्गाको नापजाँच कार्य सुरु गरिएको नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

Navadurga sun

अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको काम श्रावण २१ गतेदेखि रोकिएको थियो । उक्त रोकिएको काम आजदेखि सुरु भएको हो । जग्गा नापजाँचको काम आज ३ वटा वडामा काम भयो भने वडामा भोली देखि हुने चन्दले बताए । ऐलानी जग्गा नापजाँचका लागि ५ वटा टोली खटिएका छन् । जग्गा नापजाँचका लागि प्राविधिक सहित २५ जना परिचालन गरिएको उनले बताए ।

‘अहिले जनशक्ति थोरै छ, डेढ महिनाभित्र अव्यवस्थित बसोबासीको सबै जग्गा नापजाँच हुन्छ,’ उनले भने, ‘प्राविधिकहरुलाई थप जनशक्ति चाहिए नगरपालिकाले पनि कर्मचारी खटाउँछ ।’

भुमिहीन सुकुम्बासीहरुलाई तथ्यांक प्रविष्ट गर्दै प्रमाणीकरण गरी जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने उनले बताए । ‘सुकुम्बासीहरुले भरेका फारमहरु चेकजाँच गरेर उनीहरुलाई जग्गाधनी बनाउने काम हुन्छ,’ उनले भने, ‘उनीहरुको पनि तथ्यांक संकलन भएको छ, त्यो तथ्यांक चेकजाँच गरिन्छ ।’

बेदकोट नगरपालिकामा ८ हजार ८ सय अव्यवस्थित बसोबासी छन् । सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ९ हजार ४ सय छन् । तथ्यांकमा नसमेटिएकाहरुको पनि नगरपालिकाले तथ्यांक संकलन गरिरहेको छ ।

कञ्चनपुरमा पहिलो पटक बेदकोटले अव्यवस्थित बसोबासीहरुलाई जग्गा दिन नापजाँचको कार्यलाई झण्डै अन्तिम चरणमा पुर्‍याएको हो । अन्य पालिकाहरुले पनि प्रारम्भिक काम सुरु गरिसकेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...