कञ्चनपुरमा एक किशोरी मृत फेला


कञ्चनपुर – कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्। भीमदत्त नगरपालिका वडा नं.२ उल्टाखामकी १७ वर्षीया कमला लुहार झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



बुधबार बेलुका सात बजे तिरको समयमा उनी आफ्नै घरमा दोपट्टाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।


कमलाको शव महाकाली अस्पतालको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताए।



