सुदूरपश्चिम विश्वविद्यालयमा २ महिना देखि ताला, राजनीतिक भागबन्डा नमिल्दा तालाबन्दी

कञ्चनपुर, ९ फागुन– सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला २ महिना भन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक कामकाज प्रभावित हुन थालेका छन् । विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशक लगायतका ५ पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको थियो ।

विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियुक्त भएका थिए । काँग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टी निकटका मात्रै रहेको तर एमाले निकट कोही नपरेको भन्दै अनेरास्ववियुले ७ पुसमा ताला लगाएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

अनेरास्ववियुले सबै नियुक्ति अवैधानिक रहेकाले तत्काल नियुक्ति बदर गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरेको हो । तर अहिले अन्य राजनीतिक दल निकट विद्यार्थी संगठनले पनि आ-आफ्ना माग अघि सार्दै विश्वविद्यालयमा तालामाथि ताला लगाएका छन् ।

विश्वविद्यालयमा लगाइएको ताला नखुलेपछि प्रशासनिक कामकाजमा कठिनाइ भएको विश्वविद्यालयमा उपकुलपति अम्मराज जोशीले बताए। ‘२७ फागुनमा विश्वविद्यालयमा दीक्षान्त समारोह आयोजना गर्ने निणर्य गरिएको छ,’ उनले भने, ‘सो समारोहमा प्रधानमन्त्रीज्यूले पनि समय दिने भन्नुभएको छ, तर तालाबन्दीका कारण तयारी गर्न पाइएको छैन ।’ तालाबन्दीका कारण दीक्षान्त समारोह प्रभावित हुनसक्ने उनले बताए ।

Dadeldhura hospital

प्रध्यापक नियुक्ति प्रक्रिया बदर हुनुपर्ने, बढाइएको शुल्क फिर्ता हुनुपर्नेलगायतमा माग राखेर अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीहरूले २ महिनादेखि विश्वविद्यालयको मूलगेट र उपकुलपति तथा रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरूले विश्वविद्यालय निर्देशक देखि सहायक डिन र परिषद् सदस्य नियुक्ति अवैध भएकाले तत्काल खारेज गर्नुपर्ने लगायत विभिन्न माग अघि सारेका छन् ।

विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले तालाबन्दीका कारण दीक्षान्त समारोह हुने वा नहुने भन्ने टुंगो नलागेको बताए । विश्वविद्यालयका कुलपति (प्रधानमन्त्री शेरबहादुर देउवा) ज्यू दीक्षान्तमा आउने भन्ने कुरा भइरहेको छ,’ पाठकले भने, ‘तर राजनीतिक गतिरोधका कारण तयारी गर्न पाइएको छैन ।’ विद्यार्थी संगठनले भने प्रशासनबाट अवैधानिक तरिकाले नियुक्ति हुन थालेपछि तालाबन्दी गरिएको दाबी गरेका छन् ।

अनेरास्ववियुका कञ्चनपुर अध्यक्ष कमल रोकायाले आवश्यकता भन्दा बढी कर्मचारी भर्ना हुन थालेपछि ताला लगाइएको बताए । विश्वविद्यालय सञ्चालनका लागि चाहिनेभन्दा बढी पद सिर्जना गरेर योग्यता नै नभएका व्यक्तिलाई भर्ना गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसो नगर्न हामीले पटक-पटक आव्हान समेत गरेका हौं, नमानेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’ उनले भागबन्डा नमिलेका कारण तालाबन्दी नगरिएको बताए ।

अनेरास्ववियु क्रान्तिकारीका कञ्चनपुर अध्यक्ष कैलाशचन्द्र गिरीले विश्वविद्यालयमा आफू निकटका मानिसलाई भर्ती गर्न अनावश्यक पद सिर्जना गर्दै व्ययभार बढाउने काम गरिएका कारण तालाबन्दी गरिएको बताए । उनले भने, ‘अनावश्यक पद सिर्जना गर्दै विश्वविद्यालयको व्ययभार बढाउने र शुल्क वृद्धि गर्दै विद्यार्थीलाई महँगीमा पर्ने काम भइरहेको छ, यस्तो प्रवृत्तिको हामीले विरोध गरेका हौं ।’ उनले विश्वविद्यालयमा भएका सबै नियुक्ति अवैधानिक भएको आरोप लगाए । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले विश्वविद्यालयमा भएको विवादबारेमा छलफल भइरहेको बताए ।

विश्वविद्यालयमा मनोमानी बढेको उनले बताए । जनताको लगानीमा बनेको शैक्षिक संस्थामा व्यक्तिको रजाइँ हुन गलत भएको बताए । व्यक्ति नभई संस्थागत रूपमा निणर्य गरेर अघि बढ्नु पर्ने मेयर विष्टले बताए ।

Loading...