धनगढीको एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार

Dadeldhura hospital

धनगढी, ९ फागुन– धनगढीको रातो पुलस्थित टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट प्रहरीले ३ जना किशोरीको उद्धार गरेको छ । केही महिना देखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार काम गराउने भनेर ल्याए पनि तलब नदिएको र बाहिर निस्कन पनि बन्देज लगाएको गुनासोपछि प्रहरीले उद्धार गरेको हो । उनका अनुसार रेष्टुरेन्ट सञ्चालक सहित ३ जनालाई पक्राउ गरी थप अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Loading...