महिला जनप्रतिनिधिहरुलाई ब्यवसाय सम्वन्धी पुनर्ताजगी अभिमुखीकरण तालिम सम्पन्न

कञ्चनपुर, ८ फागुन– ब्यवसाय गरिरहेका महिला जनप्रतिनिधिहरुलाई ब्यवसाय सम्वन्धी पुनर्ताजगी अभिमुखीकरण तालिम आईतबार महेन्द्रनगरमा सम्पन्न भएको छ ।

मानव अधिकारको लागि महिला एकल महिला समुह (डब्लूएचआर) कञ्चनपुरद्वारा ७ महिना पहिले प्रदान गरिएको उद्यमशिलता तालिममा सहभागि भई ब्यावसायिक योजना बनाई संस्थाद्वारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजनाको आर्थिक सहयोगमा ब्यवसाय गरीरहेका शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँ पालिकाका ब्यवसाय गरिरहेका महिला जनप्रतिनिधिहरुलाई ब्यवसाय सम्वन्धी एक दिने पुनर्ताजगी अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अभिमुखिकरण तालिम कार्यक्रममा व्यवसायको वर्तमान अवस्था, ब्यवसाय प्रवद्र्धनका लागि स्थानीय स्रोतको पहिचान र प्रयोग, बजारीकरणको अवस्था, उत्पादित बस्तु र सेवाको मूल्य निर्धारण र व्यवसाय दिगो बनाउन अवलम्वन गर्नु पर्ने चरणहरु, जनप्रतिनिधि महिलाले ब्यवसाय गर्दाका आईरहेका चुनौति तथा समाधानका सम्भावित उपायहरुको बारेमा अभिमुखिकरण गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए ।

अभिमुखिकरण तालिम कार्यक्रम अन्तर्गत बाख्रा पालन, बंगुर पालन, सिलाई कटाई पसल, आरन ब्यवसाय, किराना पसल ब्यवसाय, पोल्ट्री फार्म, वोईलर कुखुरा पालन, लोकल कुखुरा पालन मासु कटिंगं तथा खाजा नास्ता पसल सञ्चालन गरिरहेका शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका १९ जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोल्ट्री फार्म सञ्चालन गरिरहेका बेलडाँडी गाउँपालिका उपाध्यक्ष कमला कार्की, तरकारी खेती गरीरहेका कार्यपालिका सदस्य लक्ष्मी भट्ट, सिलाई कटाई ब्यवसाय गरीरहेका गुड्डी नेपाली, शुक्लाँफाँटा नगरपालिका महिला जनप्रतिनिधि राजमति सुनार, माया ओड, बिन्दु साउँद, सिता डंगौंरा र फुलमति दमाई लागायतका महिला जनप्रतिनिधिहरुले आफ्नो ब्यवसायिक अनुभव तथा ब्यबसायमा भएको उपलब्धीहरुका बारेमा सुनाएका थिए ।

Loading...