मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु




दार्चुला, ८ फागुन- दार्चुलामा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नं. ६ का ५० बर्षीय धनसिंह धामीको मिलको फित्तामा बेरिएर ज्यान गएको हो ।



गहु, मकै पिसानीका लागि सञ्चालन गरेको आफ्नै मिलको फित्तममा बेरिएरे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


आइतबार बिहान ९ बजेतिर आफ्नै मिलमा अन्न पिस्ने बेला फित्तामा बेरिएर धामीको ज्यान गएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।



