अत्तरियामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन
एमसीसी अनुमोदनमा कांग्रेस सुरुदेखी नै प्रतिवद्ध छ : पुर्वमन्त्री साउँद




अत्तरिया, ७ फागुन– कैलालीको अत्तरियामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टी कार्यालयको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रिय कार्य समिति सदस्य एनपि साउँदले उद्घाटन गरेका हुन ।


प्रजातन्त्र दिवसको अवसरमा आज पार्टीको कार्यालय उद्घाटन गरिएको कैलाली क्षेत्र नम्बर ४ ले जनाइएको छ । अत्तरियाको वनखेतमा रहेको उक्त भाडाको भवनमा पार्टीको कैलाली क्षेत्र नम्बर ४ को कार्यालय, प्रदेश सभा ‘ख’ र गोदावरी नगर कार्यालय स्थापना गरिएको छ ।


प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपि साउँदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनमा कांग्रेस सुरुदेखी नै प्रतिवद्ध भएर लागिरहेको बताएका छन ।
पुर्वाधार विकाशका तथा देशको हितका लागी अनुदान आईरहेको बताए । एमसीसी सम्झौतामा राष्ट्रघातको कुनै पनि कुरा उल्लेख भएको छैन । उनले सबै पार्टीका सरकारहरुले यो सम्झौतालाई संसदबाट पास गराउने भनेर अगाडी बढाउदै आएको बताए । त्यतिमात्रै नभई अहिले एमसीसीको विरोध गर्ने नेताहरुले पनि संसदमा भएको बेला एमसीसीका बारेमा भएका कतिपय कुराहरुमा सहमती जनाएको पुर्वमन्त्री साउँदले बताए ।

एमसीसीलाई पारीत गर्नका लागी केपी ओली प्रधानमन्त्री भएको बेला बजेट र संसदमा टेबुल हुनुपर्छ भनेर दर्ता गरेको बताउदै उनले उक्त समयमा दर्ता गरेको उक्त कुरालाई सभामुखले रोकेर राखेको बताए ।
कांग्रेसले आफु विपक्षमा भएको बेलामा पनि विदेशी अनुदान र सहयोग जस्ता कुरामा सबैको एक धारणा हुनुपर्ने बताउदै आएको उनले बताए । उनले भने केपी ओलीको बेला यो प्रस्ताव टेबुल भएको भए कांग्रेसका संसदहरु अनुमोदन गर्न तयार रहेको थिए ।
उनले नेपाललाई विदेशी अनुदान दिने सबैभन्दा ठुलो दाताको रुपमा अमेरीका रहेको र निरन्तर सहयोग गर्दै आईरहेको समेत बताएका छन् । केपी ओलीको कार्यकालमा टेबुल भएको एमसीसी सम्झौतामा देउवा सरकारले कुनै पनि सम्पादन नगरेको उनले बताए । ‘एमाले र माओवादीको सरकारले जुन प्रस्ताव ल्याएका छन, हामीले त्यही प्रस्ताव ल्याएका छौ’ उनले भने, ‘अनी त्यै प्रस्ताव ल्याउदा सही हुने हामीले उनकै प्रस्ताव ल्याउदा खेरी गलत हुने हो कही प्रजातन्त्रममा उनले भने ।’ एमसीसीलाई चाडो पारीत गर्ने कुरामा कांग्रेस दृढ र स्पष्ट रहेको पूर्वमन्त्री साउँदको भनाई रहेको थियो ।
त्यस्तै उनले स्थानिय तहको निर्वाचनको मिति तोक्ने बारेमा पनि संविधान र ऐन बाझिँएकाले कांग्रेसले छलफलका लागी समय मागेको बताए । उनले कांग्रेस प्रजातान्त्रीक पार्टी भएकाले डराउने नभई निर्वाचनका लागी हरदम तयार रहने पार्टी भएको बताए ।
उक्त कार्यक्रममा बोल्दै उनले निर्वाचनको अनुभव कांग्रेस सँग रहेको बताए । ‘आपसमा नमिलेर टिकट बाड्ने कुरा माथी सार्दा, वडाको टिकट पनि केन्द्रले दिँदा समस्या हुन्छ’ उनले भने ‘जस्को जोरको आवाज कानमा पुग्छ उस्ले पाउँछ, जनतामा कस्को उस्को परिस्थीती के छ भन्ने कुरा केन्द्रले कसरी मुल्यांकन गर्न सक्छ, त्यसैले अवका दिनमा यस्तो प्रवृति नआउने गरी निर्वाचनमा जानुपर्ने अवस्था छ ।’
हामी जहाँ एक्लै जित्न सक्छौ त्यहाँ के को गठबन्धन, जस्ले आफै खेत जोत्न सक्ने त्यसलाई किन खेताला चाहियो उनले भने । यदी हामी हार्न सक्ने अवस्था आयो भने मात्रै आवश्यकता अनुसार सबैको सहयोग लिने कुरामा पनि पार्टी अगाडी बढ्न सक्दछ । तर गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा नितिगत निणर्य नभएको उनले बताए । कसैले अन्र्तघात गरे मात्रै पार्टी हार्न सक्ने भएकाले सबैले एकजुट हुन जरुरी रहेको पूर्वमन्त्री साउँदले बताए ।



