भालुको पित्त र यार्सागुम्बा सहित १ जना पक्राउ





कञ्चनपुर, ७ फागुन– कञ्चनपुर प्रहरीले भालुको पित्त र यार्सागुम्बा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टोलीले शनिबार कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरिया क्षेत्रबाट भालुको पित्त, यार्सागुम्बा सहित पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले बेचबिखन भईरहेको अवस्थामा प्रहरीले भालुको पित्त र यार्सागुम्मा तस्करीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको बताए । कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीका अनुसार जुम्ला कन्सासुन्दरी ६ स्थानीय ५७ बर्षिया बिर्ख कामीलाई पक्राउ गरिएको छ।


उक्त भालुको पित्त र यार्सागुम्बा सहित कामीलाई पक्राउ गरिएको हो । जुम्ला घर भएका कामी केही समयदेखि गोदाबारी नगरपालिका वडा नं. २ अत्तरिया बस्ने कामिका साथबाट भालुको पित्त ९२ ग्राम र ५ सय २४ ग्राम यार्सागुम्बा बरामद गरेको छ। ५ सय ग्राम कामिको डेराबाट बरामद गरिएको छ ।
प्रहरीले बरामद गरेको भालुको पित्त र यार्सागुम्बा जुम्लाबाट ल्याएको अनुमान गरेको छ । भालुको पित्त सहित यार्सागुम्बा बरामद बारे थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीले बताए । उनको साथबाट बरामद गरिएको यार्सागुम्बा र भालुको पित्त वन कार्यालयमा बुझाएको एसपी चौधरीले बताए ।



