जनमोर्चा सुदूरपश्चिमले भट्टको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन




धनगढी, ७ फागुन– सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको प्रदेश कमिटी गठन गरिएको छ । धनगढीमा शनिबार सम्पन्न पार्टीको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी गठन गरिएको हो ।



जनमोर्चा सुदूरपश्चिमले नन्दराम भट्टको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरिएको जनाएको छ । सम्मेलनमा प्रमुख अतिथि जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट रहेका थिए ।


त्यस्तै सम्मेलनमा नेकपाका नेता ओमप्रकाश पुन, माले नेता परेग रावल लगायत जनमोर्चाका विभिन्न संगठनका नेताहरु पनि सहभागि थिए । जनमोर्चाका नेता तथा कार्यकर्ताले यसलाइ ऐतिहासिक सम्मेलन भएको बताएका छन् । उनीहरुले पार्टी अब दरिलो तवरले सक्रिय भएर जाने बताएका छन् ।



