लागुऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ





धनगढी, ६ फागुन- कैलालीमा लागुऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ३ मिलनचोकबाट भीमदत्त नगरपालिका वडा नं. ४ का २१ वर्षीया नेहा विष्ट र भारतको खटिमा उत्तमसिंहनगरका २७ वर्षीय वासुदेव विश्वास पक्राउ परेका हुन् ।


उनीहरूका साथबाट २१० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूका साथबाट लागुऔषध फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



