प्यूठानमा भएको जिप दुर्घटनामा मृतक संख्या ५ पुग्यो

दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

प्यूठान– गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जानकारी दिइएको छ । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । अन्य घाइतेको प्यूठानको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली नयाँ वर्षको दिन धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको थियो ।

Navadurga sun

दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी र २७ वर्षीय यमलाल पन्थी गरी ५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली दुर्घटनामा परेपछि जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मासहितको टोली प्यूठानतर्फ लागेका छन् । जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोली दुर्घटना स्थल र घाइतेहरुको अवस्था बुझन प्यूठानतर्फ लागेका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...