बाहुलीगाडमा डुबेर १ विद्यार्थीको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर, ५ फागुन- बझाङको बाहुलीगाडमा डुबेर एक जना विद्यार्थीको मृत्यु भएको छ । सदरमुकाम चैनपुरमा एसईईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौनका १७ बर्षिय कल्क बोहराको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोहरा बिहीबार दिउँसो बाहुली गाडमा नुहाउन गएका थिए । स्थानीयले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्‍याएका थिए । उपचारकै क्रममा बोहराको अस्पतालमा मृत्यु भएको थियो ।

Loading...