दोधारा चाँदनीमा राप्रपाको नगर सम्मेलन सम्पन्न




कञ्चनपुर, ४ फागुन– दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नगर सम्मेलन सम्पन्न भएको छ । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरि दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नगर सम्मेलन सम्पन्न गरेको हो ।


दोधारा चाँदनी नगरपालिका वडा नं. ४ मा संचालन भएको नगर सम्मेलनका सभाअध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीका नगर अध्यक्ष बिर बहादुर शाह रहेका थिए भने प्रमुख अतिथीमा राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहेका थिए ।


त्यसैगरी बिशिष्ठ अतिथीमा राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, पुर्व माननिय तथा राप्रपा पुर्व केन्द्रिय सदस्य ईन्द्र बहादुर खत्री, सामाजसेवी जोगेन्द्र भण्डारी, राप्रपा पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार, राप्रपाका शुदुरपश्चिम प्रदेश प्रदेशका प्रदेश सदस्य तमान सिंह गुरुङ्ग, रहेका थिए ।
अतिथीहरुमा राप्रपा क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य बिक्रम चन्द, राप्रपा कञ्चनपुर जिल्ला महिला उपाध्यक्ष नन्दा देबी खत्री, राप्रपा पुर्व जिल्ला सदस्य भगिरथ भट्ट लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बैशाख ३० गतेको स्थानिय निर्वाचनलाई लक्षित गरि नगर सम्मलेन गरिएको राप्रपाका युवा नेता रबि गिरीले बताएका छन् । कार्यक्रममा बक्ताहरुले दोधारा चाँदनी नगरपालिकाको बर्तमान राजनितिक बिषयको बारेमा चर्चा गरेका थिए । बर्तमान जनप्रतिनिधीहरुले आ-आफ्ना कार्यकर्ताहरुलाई मनपरी पोस्ने कार्य गर्दै आएको भन्दै बिरोध जनाएका थिए ।
कार्यक्रमका संचालक तथा राप्रपाका सुदूरपश्चिम प्रदेश प्रदेशका प्रदेश सदस्य तमान सिंह गुरुङ्गले जनप्रतिनिधीहरुले पार्टीका आ-आफ्ना कार्यकर्ताहरुलाई खोर, बोर लगायत भैसी, पालन, बंगुर पालन लगाएत दिने काम ५ वर्षमा गर्दै आएको आरोप लगाएका छन् । ‘बिकासको नाउमा जनप्रतिनिधीहरुले नाताबाद र कार्यकर्ताहरुलाई पोस्ने काम बाहेक केही गरेका छैनन्’ राप्रपाका शुदुरपश्चिम प्रदेश प्रदेशका प्रदेश सदस्य तमान सिंह गुरुङ्गले भने ।
सम्मेलनले पार्टीलाई एक ढिक्का राख्न विधी र विधानलाई अक्षरक्षः पालना गर्दै आएको र पछिल्लो समय मौलाएको पार्टी एकता र हित विपरीत प्रवृत्तिको अन्त्य भएको ठहर गरेको छ । राप्रपाले नयाँ पुस्तालाई जिम्मेवारी दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राजेन्द्र लिङ्देनको आगमनले पार्टीमा नयाँ लहर सुरु भएको राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले बताए ।
त्यस्तै राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले आसन्न स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिका क्षेत्र राप्रपामय हुने बिश्वास लिएका छन् । झण्डै ३ सय जती नेता तथा कार्यकर्ताको उपस्थिती देखेर हौसिएका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले सबै वडा तथा नगर प्रमुख र उपप्रमुख पदमा राप्रपाको जितलाई कसैलाई रोक्न नसक्ने बताए ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राप्रपा स्थापना भए यता राप्रपालाई खम्बाको रुपमा निरन्तर योगदान पुर्याएका ५२ जना नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रम बिच सम्मान गरिएको छ ।



