‘हेलि टुर’ आयोजनापछि सुपका प्रमुख पर्यटकीय स्थलमा पर्यटक बढे, सुदूरपश्चिमका मन्त्रीले गरे भ्रमण




धनगढी, ४ फागुन– ‘हेलि टुर’ आयोजनापछि सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा पर्यटकहरु बढेका छन् । हिउँदमा घटेका पर्यटकको चहलपहल हेलिटुर आयोजनापछि बढ्दै गएको हो ।



बुधबार मात्रै खप्तड बडिमालिका हेलिटुरमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुले खप्तडको भ्रमण गरेका छन् । प्रदेशका अर्थमन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार मन्त्री दीर्घ सोराडीले भ्रमण गरेका हुन् ।


मन्त्रीद्वय लगायत २५ जनाले खप्तड र बडिमालिका भ्रमण गरेको पर्यटन व्यवसायी दिपक खड्काले बताए । त्यस्तै फागुन १० गतेसम्म टुरको प्याकेज रहेको उनले बताए ।



