कोरोना अपडेट : थप १४ जनामा कोरोना संक्रमण पुष्टि

Dadeldhura hospital

धनगढी- कैलालीमा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार ७३ नमूनाको कोराना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित हुनेमा धनगढी उपमहानगरपालिकाका १० जना, गोदावरी नगरपालिकाका १ जना, भिमदत्त नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये २ जना भेन्टिलेटरमा उपचार गर्दै छन भने १ जना आईसियी र २ जना आईसोलेसनमा राखिएको छ ।

Loading...