काँग्रेस कैलालीको जिल्ला अधिवेशन सरी फागुन १५ गते हुने





धनगढी, ४ फागुन- नेपाली काँग्रेस कैलालीको आसन्न अधिवेशन फेरी सरेको छ । अधिवेशन फागुन १३ गते तोकिएकोमा अधिवेशन सरी फागुन १५ गते हुने कैलाली सभापती नरनारायण शाह मनुले सामाजिक सन्जालमा लेखेका छन । गत माघ २८ गते बसेको निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निणर्य गरेको थियो ।
कैलालीमा १३ वटा पालिका र ५ वटा निर्वाचन क्षेत्र रहेकोमा अधिवेशनमा २ हजार ५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । काँग्रेस नेताहरू प्रकाश बम, नारायणदत्त भट्ट, दीपकराज जोशी, खेमराज चौधरी, भीम बडुवाल, नवराज रावल, रामचरण चौधरी जिल्ला सभापतिको दौडमा रहेका छन् ।



